gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मी थप ६ सहित मदानेमा २१ जना सक्रिय संक्रमित, १० बेडको कोभिड अस्पताल निर्माण

विवश विष्ट
मदाने, २५ बैशाख । गुल्मीको मदाने गाउँपालिकामा थप ६ जना कोरोना संक्रमित भएका छन । ६ जनाको एन्टिजन विधिबाट परिक्षण गर्दा ६ जनाको पोजेटिभ आएको हो । यो संगै मदाने गाउँपालिकामा संक्रिय संक्रमित २१ पुगेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । सक्रिय संक्रमित गाउँपालिकाका विभिन्न वडाका रहेका छन ।

पछिल्लो समय विश्वव्यापि फैलिएको कोभिड १९ को दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि मदाने गाउँपालिकाले सक्रियता देखाएको छ । कोरोना भाइरसबाट संक्रमित भई थप उपचारका लागि मदाने वडा ४ म्यालपोखरीमा १० बेडको आइशोलेसन सहितको मदाने कोभिड अस्पताल निर्माण गरिएको छ । २ वटा अक्सिजन कन्सन्ट्रेसन र ६ अक्सिजन सिलिन्डर सहित १० बेडको मदाने कोभिड अस्पताल गाउँपालिकाले निर्माण गरेको हो । साथै मदानेमा आइसियु बेड र भेन्टिलेटर बेड छैनन।

एन्टिजेन पोजेटिभ देखिएका राजेश राउतको अक्सिजन लेभल कम भएपछि मदाने कोभिड अस्पताल भर्ना गरिएको थियो । उन निको भई शनिबार डिस्चार्ज भएका छन । कोभिड १९ देखिएका उनलाई अक्सिजन लेवल कम भई कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचार गरेसँगै शनिबार बिहान डिस्चार्ज गरेको मदाने कोभिड अस्पतालले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D