gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी डिसेम्बर ३ मा बर्मिङहममा

लण्डन । गुल्मी जिल्ला समाज यूकेले विश्व अपांग दिवसको अवसर पारेर हरेक वर्ष गर्ने च्यारिटी कार्यक्रमले यसपटक पनि निरन्तरता पाउने भएको छ ।

आउंदो डिसेम्बरको ३ तारिख आइतबारको दिन बर्मिङहमको ओल्डवरीस्थित ‘क्लब ९९ बार एण्ड ग्रिल’मा कार्यक्रम आयोजना हुंदैछ ।कार्यक्रममा लोकदोहोरी गायक सन्तु थापा, गायिका रुपा घर्ती मगर र प्रथम नौमति बाजा गुल्मी यूकेको विशेष सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् । साथमा स्थानीय कलाकारले पनि विभिन्न प्रस्तुति देखाउनेछन् ।

सहभागितको लागि १५ पाउण्डको टिकट छ । दिउंसो २ बजेबाट कार्यक्रम सुरु हुनेछ । नेपालमा विभिन्न सामाजिक कामहरु गर्ने उद्धेश्यले समाजले हरेक वर्ष च्यारिटी कार्यक्रम गरेर कोष संकलन गर्दै आएको छ ।
gulmi jilla samaj uk
समाजका अध्यक्ष राम गलामीका अनुसार यसपटकको च्यारिटी कार्यक्रमबाट उठेको रकमबाट गुल्मीको शान्तिपुरस्थित रेडक्रस र तम्घासको आशा अपांग केन्द्रलाई सहयोग गरिनेछ । समाजले पहिलोपटक गुल्मेलीहरुको बाक्लो बसोबास रहेको मिडल्याण्डमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमका एक संयोजक कृष्ण ढकालका अनुसार कार्यक्रममा २ सय बढि स्थानीय गुल्मेलीहरुको सहभागिता रहनेछ ।

कार्यक्रममा सहभागी हुन अल्डरसट, रेडिङ क्षेत्र तथा साउथ ईस्ट लण्डन क्षेत्रबाट छुट्टाछुट्टै बस नै रिजर्भ गरेर जाने तयारी छ । समाजका कोषाध्यक्ष तारानाथ भण्डारी, कार्यक्रमका संयोजक कृष्ण ढकाल, बरुण भण्डारीसहित मिडल्याण्ड क्षेत्रमा बसोबास गर्ने गुल्मेलीहरुको संयोजनमा कार्यक्रम आयोजना हुंदैछ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D