gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी डिसेम्बर ५ मा

लन्डन, अक्टोबर १७ । गुल्मी जिल्ला समाज यूकेले हरेक बर्ष गर्दै आएको च्यारिटी कार्यक्रम आगामी डिसेम्बर ५ तारिखमा सम्पन्न हुने भएको छ । विश्व अपांगता दिवसको अवसर पारेर समाजले यो बर्ष पनि बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गर्न लागेको हो ।

आईतबार सम्पन्न समाजको बैठकले डिसेम्बर ५ आईतबारका दिन साउथ इष्ट लन्डनको चार्ल्टनस्थित ‘लेडी अफ ग्रेस’ हलमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

कोभिड महामारीका कारण गत वर्ष भर्चुअल रुपमा सम्पन्न गरेको कार्यक्रम यस वर्ष भने भौतिक उपस्थितिमै गरिने सहमती भएको समाजले जनाएको छ ।

च्यारिटी कार्यक्रमबाट संकलित कोषबाट विगतमा जस्तै केही रकम तम्घासस्थित आशा अपांग केन्द्रलाई सहयोग गरिनेछ भने बांकी रकम समाजका अन्य परोपकारी कार्यमा लगाइनेछ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D