gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम सम्पन्न: गुल्मेली नौमती बाजामा प्रसाद खप्तरी र खिमा रोकाले नचाए

भेष बहादुर काउछा
लण्डन, डिसेम्बर ०१ । गुल्मी जिल्ला समाज युकेले विश्व अपांगता दिवसको अवसरमा च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि समाजले बिबिध साँस्कृतिक कार्यक्रमका साथ च्यारिटी कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो ।

आईतबार साउथ ईस्ट लण्डनको वुल्वीचस्थित लोटस क्लबमा सम्पन्न कार्यक्रममा समाजकै निमन्त्रणमा बेलायत आएका गायका प्रसाद खप्तरी मगर र चर्चित गायिका खिमा रोका मगरको बिशेष प्रस्तुती रहेको थियो । २५ पाउण्ड प्रवेश शुल्क तोकिएको कार्यक्रममा मगरद्वयको प्रस्तुतीको अलावा प्रथम नौमती बाजा गुल्मी युके र थुप्रै स्थानिय कलाकारहरु पनि प्रस्तुती रहेको थियो । प्रथम नौमती बाजा गुल्मी युकेको बाजातालमा गायक खप्तरी र गायिका रोकाले उपस्थित दर्शकहरुलाई कार्यक्रमको अन्तिम सम्मै नचाएका थिए । खिमा रोकाले आफुलाई कस्ले युकेमै राख्ने हो आजै बैना मारे हुन्छ भन्दा उपस्थित दर्शकले हलको माहौल पुरै तताएका थिए ।

कार्यक्रम कार्यवाहक अध्यक्ष रामलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । समाजका सँस्थापक अध्यक्ष तथा प्रथम नौमती बाजा गुल्मी युके समुहका संयोजक ओम प्रसाद थापाले समाजले आशा अपांग केन्द्रले गुल्मी जिल्लामा रहेर सिंगो देशको अपांगता क्षेत्रमा पुर्याएको योगदान माथि चर्चा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै थापाले आशा अपांग केन्द्र जस्ता सँस्थाहरु देशका हरेक ठाउँहरुमा खोलिनु पर्ने बताए । “बेलायत लगायत अन्य ठाउँहरुमा अपांगहरुलाई जुन सुविधा छ, त्यस्तो सुविधा नेपालमै हुने अपांगहरुले पनि पाउनुपर्छ ।”, थापाले भने, “सरकारको मुख ताकेर मात्र हुन् गर्ने हामी आँफैले हो ।” कार्यक्रममा बोल्दाइ थापाले सबै भोली हामी जो कोही अपांग हुन सक्छौ त्यसैले अपांगता प्रती छिछि र दुर्दुर गर्ने काम आजै बन्द गर्नु पर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी लायतका लागि नेपाली राजादुत डा. दुर्गा बहादुर सुबेदी आफ्नो सोचाई साकारात्मक र रचनात्मक बनाउँदै सबैजना समाजको भलाईको लागि अग्रसर रहनुपर्ने बताए । यसो गरे शरिरिक रुपमा जस्ले जस्तो क्षमता राखे पनि कोही अपांग हुनुनपर्ने बताए । देशमा रहेका हरेक खालका आँध्यारा पाटाहरु हटाउन बिदेशमा रहेका नेपालीहरुले आ-आफ्नै ठाउँबाट योगदान दिनुपर्ने कुरामा समेत राजदुत सुवेदीले जोड दिए । उनले त्यसको लागि गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष ओम थापा जस्ता सामाजिक अभियानताहरुले एक दशक अघी नै शुरु गररिसकेको भन्दै थापाको प्रशंसा समेत गरे । “गुल्मी जिल्ला समाजले समाज सेवाको दिशामा समाजलाई अगाडी बढाउने बाटोमा जुन नेत्रित्व गरिरहेको छ अरु जिल्ला समाजहरुले पनि त्यस्को सिको गर्नुपर्छ ।”, सुबेदीले भने । नेपालको बिकासको लागि चाहे अपांगताको क्षेत्रमा होस, चाहे शिक्षाको क्षेत्रमा होस् वा अन्य जुनकुनै सामाजिक क्षेत्र होस् गुल्मी जिल्ला समाज युकेले जुन भूमिका खेलेको त्यसको राजदुत सुबेदीले खुलेर प्रसंसा गर्न पनि भ्याए ।

परोपकारी तथा सामाजिक कामहरुको आधारमा बेलायतकै अग्रणी नेपाली संस्थाका रुपमा चिनिने गुल्मी जिल्ला समाज विश्व अपांगता दिवसको अवसर पारेर समाजले हरेक वर्ष गर्दैै आएको च्यारिटी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिईएको हो ।

समाजका महासचिब वीर बलाल र सचिब मन्जु भण्डारीले संयुक्त सन्चालन गरेको औपचारिक कार्यक्रममा कार्यक्रम प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी, गुल्मी जिल्ला समाजका सँस्थापक अध्यक्ष तथा प्रथम नौमती बाजा गुल्मी युके कासंयोजक ओमा प्रसाद थापा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समानवय समिती बेलायतका उपाध्यक्ष प्रेम गाहा मगर, नेपाली सेनाका महासेनानी कृष्ण जिसी, नेपाली राजादुतावास बेलायतका द्वितिय सचिब लव सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै बाग्लुङ समाज युकेकी अध्यक्ष छबिमाया पुन, समाजका पुर्वध्यक्षद्वय अर्जुन गौतम र राम गलामी, नेपाली चलचित्र निर्देशक सन्तोष लोहनी, कान्तिपुर दैनिकका बेलायत प्रतिनिधी नबिन पोख्रेल, गल्कोट समाज युकेका उपाध्यक्ष भोजराज कंडेल, बुद्द फाउण्देशन युकेका अध्यक्ष दिपक श्रेष्ठ र शान्ती नेपाली समाजका सहसचिब पूर्णलाल सापकोटाको उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा मगर संघ युके साउथएजका दल थापा, लण्डन नेपाल न्युजका शिव भण्डारी र जेनी भट्टराई, क्याट युकेकी प्रतिनिधी जीवन सेन, चार्ल्टन नेपाली समाज युकेका आध्यक्ष कृष्ण खरेल, एनआरएन आईसिसी सदस्य दयानिधी सापकोटा, नटिङहम नेपाली समाजका अध्यक्ष गोबिन्द खराल, साझा नेपाली समाजका महेश अधिकारी, एनआरएन युकेका सचिब जित रानाभाट, पशुपती मन्दीरका पण्डित निलहरी घिमिरे, ग्रिनविच भलिवल परिवारका रबिन्द्र रोका मगर लगायत अन्य थुप्रै संघ्सँस्थाहरुका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D