gulminews logo
बुधबार, २०८१ बैशाख १९

गुल्मी जिल्ला समाज युकेमा टोप पल्ली, यस्तो छ सबै पदाधिकरीहरुको नामावली

लण्डन, बैशाख २३ । गुल्मी जिल्ला समाज यूकेको छैठौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
आइतबार (मई ५ मा) सम्पन्न समाजको अध्यक्षमा निवर्तमान कार्यसमितिका उपाध्यक्ष टोप पल्ली चयन भएका छन् । अध्यक्ष पल्लीले यस अघि संस्थाको खेलकुद सेक्रेटरी, कोषाध्यक्ष हुंदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षत्रयमा राम सापकोटा, तारानाथ भण्डारी, मोति पुन, महासचिवमा वीर बलाल, सचिवमा मञ्जु भण्डारी, कोषाध्यक्षमा वरुण भण्डारी र कोषाध्यक्षमा तारा भट्टराई रहेका छन् ।

त्यस्तै सदस्यहरुमा भोजराज भण्डारी (बर्मिंगहम), शंकर भण्डारी (बर्मिंगहम), राधा खरेल (बर्मिंगहम), महलाल घिमिरे (प्लमस्टिड), शिव राना (प्लमस्टिड), माया केसी (डेप्टफोर्ड), थम्मन राना (फार्नबरो), भक्त बलाल (क्याम्बर्ली), भिम खनाल पिटरबरो), रुद्र थापा (केन्ट), रिता गौतम (लेस्टर), हरि भट्टराई (डर्बी), मुकुन्द खनाल (नटिङ्घम) , बाबुराम भण्डारी (रेडिङ्ग) र पूर्णबहादुर थापा (ग्रिनफोर्ड) र कमला भण्डारी (कोल्चेस्टर ) रहेका छन् ।

अध्यक्षसहितका अरु सबै पद निर्विरोध भएपनि ३ उपाध्यक्षको ठाउँमा ४ र ११ सदस्यको ठाउँमा १९ जनाको उम्मेद्वारी परेको थियो । सहमतिको लागि उपाध्यक्षका दाबेदार कृष्ण ढकालले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए भने सदस्यका उम्मेद्वारहरुबाट पनि क्षेत्रीय प्रतिनिधित्व गराउंदै केहि संख्या बढाएर सहमति जुटाइएको थियो ।

समाजका सल्लाहकार मीन दर्लामी संयोजक रहेको निर्वाचन समितिमा सल्लाहकारहरु रण केसी, मोती भण्डारी र क्याप्टेन ताम ढेंगा सदस्यले निवार्चित कार्यसमितिको घोषणा गरेको थियो । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण समेत गराइएको थियो ।
नयाँ कार्यसमितिलाई गुल्मेली नौमती बाजा यूके समुहले नौमती बाजा घन्काएर बधाई तथा शुभकामना दिएको थियो ।

यसअघि निवर्तमान समितिका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न समाजको छैठौं अधिवेसन तथा तेह्रौं साधारणसभाले विधान संशोधन गर्दै कार्यसमितिको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्ष कायम गरेको थियो । कार्यसमिति सदस्यको संख्या यसअघि व्यवस्था रहेको ११ बाट बढाएर बढीमा १३ बनाउने निर्णय पनि गरिएको छ ।

सोहि अवसरमा संस्थापक अध्यक्ष तथा प्रथम नौमती बाजा गुल्मी युके समूहका प्रमुख संयोजक ओमप्रसाद थापाले हरेक वर्षजस्तै यसबर्ष पनि नौमती समूहले बार्षिक रुपमा गरेका उल्लेखनिय कार्यहरू र गैरगुल्मीलेहरूकोमा सेवा दिन या नौमती प्रोग्राममा भाग लिए वापत लिएको केही दस्तुर रकम समाज र नेपालका अंपागहरूको सहयोगार्थ आसा अंपाग केन्द्र गुल्मीका लागि संकलित रकम हरेक बर्ष समाजको बार्षिक अधिवेशनमा दिने चलन अनुरूप अध्यक्ष राम गलामी लाई २५० पाउण्डको चेक हस्तान्तरण गरेका थिए ।

समाजका निर्वतमान अध्यक्ष राम गलामीले अंपागहरूका लागि हस्तान्तरण गरिएको उक्त रकÞम छिटै नेपाल पठाईने बताए । उनले नयाँ कार्यसमिति र समाजको भबिष्य उज्वल, सहज र अझ तिब्र गति लिँदै अगाडि बढोस् भन्ने कामना गरेका थिए ।

अधिवेसनले गत ३ वर्षे कार्यकालको प्रगति तथा आर्थिक प्रतिवेदनहरु पनि पारित गरेको छ । अधिवेसनलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष राम गलामीले आफू नेतृत्वको ३ वर्षे कार्यकालमा भएका कामहरुबारे जानकारी गराएका थिए ।

त्यसअवसरमा, पूर्वअध्यक्ष अर्जुन गौतम, एनआरएन यूके उपाध्यक्ष प्रेम गाहा मगर, निवर्तमान उपाध्यक्ष फडिन्द्र भट्टराई, सल्लाहकारहरु मोति भण्डारी, केशब भण्डारी, फत्त थापा, दासुराम पाण्डे, दुर्गा पाण्डे, क्या ताम ढेगा लगायतले नयाँ समितिलाई शुभकामना दिएका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D