gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मी जिल्ला समाज युकेको तेस्रो बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

ओम थापा काउचा
बेलायत, सेप्टेम्बर २४ । गुल्मी जिल्ला समाज बेलायतको छैठौ कार्यसमितिको तेश्रो बैठक सम्पन्न भएको छ । सेप्टेम्बर २२ का दिन बेलायतको ग्रिनफोर्ड गोर्खा स्पाइसी रेष्टुरेण्टमा अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकले बिभिन्न निर्णयहरु गरेको छ ।

महासचिव बिर बलालको संचालन तथा कार्यसमितिका पदाधिकारीहरु र सल्लाहकारहरूको उपस्थिती रहेको उक्त बैठकमा आगामी बर्षको कार्ययोजनाको विषयमा बृहद छलफलको साथै गृहजिल्ला गुल्मीमा केही महिना अघि भएको प्राकृतिक विपत्ति बाढीपीडित र पहिरोले पीडित बनेकाहरुको भौतिक संरचना पुर्ननिर्माणको लागि संकलित रकम के कसरी पठाउने भन्नेमा छलफल गरिएको थियो ।

जस्मा सस्थाका उपाध्यक्ष तारा भण्डारी, कोषाध्यक्ष बरूण भण्डारी, सल्लाहकार बिनोद ज्ञवालीको तीन टोली आउँदो दशैपछी स्थलगत भ्रमण गर्ने र पुनर्निमाण समितीको रायसहित समाजको संकलित रकमले कतिवटा घर निमार्ण गर्न सकिन्छ । त्यो रिर्पोट समाजका अध्यक्षलाई बुझाएपछि अध्यक्ष टोप पल्लीले नै नेपाल गएर आफैं रकम हस्तान्तरण गर्ने निर्णय भएको छ ।

साथै यसबर्ष बिशेष मिडल्याण्डमा एक च्यारिटी रात्रीभोज कार्यक्रम गरी गुल्मी जिल्ला समाज युकेको एक आपतकालिन अक्षयकोष स्थापना गर्नुको निम्ति यस कार्यसमितिले उपाध्यक्ष तारानाथ भण्डारी र कोषाध्यक्ष बरूण भण्डारीलाई बिशेष जिÞम्मेवारी दिइएको छ ।

त्यसैगरी नेपालबाट बेलायत आएका नेपाल आर्मीका गुल्मेली कर्नेल कृष्ण जिसीलाई पनि स्वागत तथा सम्मान गरिएको थियो । उनी एकबर्ष सैनिक तालीमका लागि बेलायत आएका हुन् । साथै नेपालका राष्ट्रिय लोक दोहरी गायक प्रसाद खप्तरी मगरले बेलायतको कार्यक्रममा गरेको अति उत्तम प्रस्तुतिका लागि विशेष बधाईका साथ आउँदो दिनमा सफलताको शुभकामना दिदै सम्मान गरिएको छ ।

त्यस्तै आउँदो डिसेम्बर १ का दिन बिश्व अंपाग दिवस कसरी सफल र भव्यरुपमा मनाउने भन्ने बारेमा समेत छलफल गरिएको छ । जसका लागि संयोजकको जिम्मा उपाध्यक्ष राम सापकोटा र सचिव मन्जु भन्डारीलाई जिम्मेवारी दिइएको छ ।

सो बैठकमा कार्यसमितिका उपाध्यक्षहरु मोती पुन, तारानाथ भण्डारी, राम सापकोटा, कोषाध्यक्ष बरूण भण्डारी, सचिव मन्जु भण्डारी, सहकोषाध्यक्ष श्रीमती तारा भट्टराई तथा श्रीमती राधा खरेल, माया केसी, भोजराज भण्डारी, सल्लाहाकारहरूमा संस्थापक अध्यक्ष ओम थापा काउचा, निबर्तमान अध्यक्ष राम गलामी, पूर्वअध्यक्ष अर्जुन गौतम, बिनोद ज्ञवाली मिन दर्लामी गोकर्ण बस्नेत, दीपक माइथाने मगर लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D