gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मी जिल्लामै अक्सिजन उत्पादन सुरु

अनिल खत्री
२६ मंसिर, गुल्मी । गुल्मी जिल्लामा अक्सिजन उत्पादन सुरु भएको छ । गुल्मी अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुन थालेको हो ।

जिल्लामै अक्सिजन उत्पादन गर्ने उदेश्यले ल्याइएका सामाग्रीमा लामो समयदेखि सञ्चालनमा नल्याउदा खिया लाग्न थालेका थिए । तर अहिले भने दैनिक ४० वटा अक्सिजन सिलिन्डर प्लान्टबाट उत्पादन हुन थालेको छ ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको अस्पतालमा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चलनमा आएको छ । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उदेश्यले प्लान्ट निर्माण कार्य अगाडी बढाइएको थियो ।

अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामाग्रीहरु गुल्मी अस्पतालमा आएका थिए । तर अक्सिजन प्लान्ट राख्ने भवनको समयमै काम नसक्दा अक्सिजन प्लान्ट संचालनमा ढिलाई भएको थियो । जसले गर्दा सामाग्री खिया लाग्न थालेक थिए । प्राबिधिक आएर प्लान्ट निर्माण कार्य पुरा भएकाले अक्सिजन उत्पादन हुन थालेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताए ।

उनले अब आबश्यक अनुसार अक्सिजन उत्पादन कार्य अगाडी बढाइने बताए । गुल्मी अस्पतामा महामारी अबस्थामा दैनिक ठूलो अक्सिजनको सिलिन्डर १५ वटा भन्दा बढि खपत भएको डा. पच्याले बताए ।

अहिले गुल्मी अस्पतालमा दैनिक ५ वटा अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । जिल्ला अस्पतालबाट उत्पादन गरिएको अक्सिजन अन्य सर्बसाधारणलाई पनि भर्ने व्यवस्था बारे आबश्यक छलफल पछि मात्रै निर्णय गरिने डा. पच्याको भनाई छ ।

जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुले पनि लामो समय सम्म संचालनमा आउन नसक्दाँ प्रश्न उठाएका थिए । तर ढिलो भएपनि जिल्लामै अक्सिजन उत्पदान हुनु खुसीको कुरा रहेको प्लान्ट निर्माणमा सहयोगी गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए । अब गुल्मी अस्पतालमा अक्सिजन अभाव नहुने बताए । प्लान्ट निर्माणमा अभियान चलाएका नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले प्लान्ट सञ्चालनमा आएसँगै गाँस काटेर गुल्मेली नागरिकहरुले उठाएको सहयोग रकमले सार्थकता पाएको बताए ।

सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यसको निरन्तरता हुनुपर्नेमा जोड दिए । अक्सिजन प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो ।

गुल्मी अस्पतालमा राखिएको अक्सिजन प्लान्टको १ करोड ३४ लाखको लागत रहेको डा. पच्याले बताए । गत बैशाखमा कोरोनाको दोस्रो लह्रमा अकिसजनको अभावले उपचारमा निकै समस्या झेल्नु परेको थियो । तर अब भने जिल्लामा अक्सिजन अभाव नहुने अपेक्षा लिइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D