gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मी जिल्लामा स्थानीय तहमै पुगेर मतदाता नामावली संकल गरिने

अनिल खत्री
१३ मंसिर, गुल्मी । गुल्मी जिल्लामा स्थानीय तहमै पुगेर मतदाता नामावली संकल कार्य गरिने भएको छ । त्यसका लागि जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्ला स्थित सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।

सोमबार जिल्ला सदरमुकाम तम्घासमा गरिएको अन्तरक्रियामा जिल्लाका स्थानीय तहमै पुगेर मतदाता नामावली संकल कार्य गर्न लागिएको बारे जानकारी गराइएको थियो । जिल्लामा २ चरणमा स्थानीय तहमै पुगेर मतदाता नामावली संकल कार्य गरिने भएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले बताइन् ।

पहिलो चरण जिल्लाका गुल्मीदरवार, सत्यवती, कालिगण्डकी, धुर्कोट, मालिका, मुसिकोट नगरपालिमा मंसिर १७ गतेबाट मंसिर २६ गतेसम्म मतदाता नामावली संकल कार्य गरिने भएको छ । दोस्रो चरणमा छत्रकोट, रुरुक्षेत्र, चन्द्रकोट, इस्मा, मदाने गाउँपालिकामा मंसिर २८ गतेबाट पुस ८ गतेसम्म मतदाता नामावली संकल कार्य गरिने जिल्ला निर्वाचन अधिकारी कुँवरले बताइन् ।

रेसुङ्गा नगरपालिकाको भने जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पनि मतदाता नामावली संकल कार्य गरिने भएको छ । स्थनीय तहमा गरिने मतदाता नामावली संकल कार्यमा सबैपक्षले सहयोग गर्न प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले आग्रह गरे ।

उनले नागरिता प्राप्त गरेका मतदाता नामावलीमा छुट भएका सबैलाई आफनो स्थानीय तहमा पुगेर दता गराउन आग्रह गरे । स्थानीय तहमा गरिने मतदाता नामावली संकल कार्यमा १६ वर्ष पुगेका नागरिता प्राप्त भोटको अधिकार नभएकाहरुको पनि संकलन गरिने भएको छ ।

जिल्लामा २०७७ पुस ५ गतेसम्म २ लाख ११ हजार ७३२ जना मतदाताहरु रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D