गुल्मी आउँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्‍यु, ६ जना घाईते

गुल्मीन्युज
गुल्मी, असौज २९ । बुटवलबाट तम्घास आउँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्‍यु भएको छ । बिहीवार बुटवलबाट तम्घास तर्फ आउंदै गरेको जिप बिहीवार राती ११ बजे सडक खण्डको रेसुङ्गा नगरपालिका १० स्थित छहरामा दुर्घटना हुँदा ३ जनाको मृत्‍यु भएको हो ।

बुटवलबाट तम्घास तर्फ आउँदै गरेको लु.१.ज ४४९० नम्बरको जिप सडक देखी ५ सय मिटर तल खस्दा ३ जनाको मृत्‍यु भएको हो भने ६ जना घाईते भएका हुन् ।

दुर्घटनामा मृत्‍यु हुनेहरुमा ७० बर्षिय क्षेत्र बहादुर थापा, ४६ बर्षिया राधिका थापा र १९ बर्षिया संगिता सुनार रहेका छन् । दुर्घटनामा परेर घाईते हुनेहरुमा मुसिकोट न.पा २ बस्ने २६ बर्षिय कमल थापा, सोही स्थानका ४३ बर्षिया खिमा थापा, ३८ बर्षिया खिमा थापा, ३६ बर्षिय राजु थापा र मुसिकोट न.पा ३ नेटा बस्ने ४७ बर्षिया सुमित्रा सुनार र चितवन भरतपुर स्थित ५० बर्षिया राधा के.सी रहेको गुल्मी प्रहरीले जनाएको छ ।

मृतक ३ जनाको उपचारको क्रममा मृत्‍यु भएको जनाईएको छ । दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईको
कमाण्डमा २० जना प्रहरी, सशत्र प्रहरीबल उर्लेनी गुल्मबाट सहायक प्रहरी नायब उपरिक्षक ध्रुब भुषालको कमाण्डमा १० जना र संग्राम सार्दुल गुल्म धागिथुमबाट उपसेनानी हिक्मत बहादुर चन्दको कमाण्डमा १२ जनाको टोली उद्दार कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनास्थल तम्घास स्थित जिल्ला प्रहरी कार्यालयबाट ५ किलोमिटरको दुरिमा छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D