gulminews logo
सोमबार, २०८१ जेष्ठ ७

गुल्मी आँपचौर सेवा समिती जापानको छैठौ आधिवेशन सम्पन्न, अध्यक्षमा पोख्रेल निर्विरोध

टोकियो, जनवरी ०८ । गुल्मी मुसिकोट नगरपालिका आँपचौर निवासीहरुको संस्था आँपचौर सेवा समिती जापानको छैटौं अधिबेशन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

गत जनवरी १ तारिकका दिन टोकियो स्थित आँपचौर सेवा समिती जापानको छैटौं अधिबेशन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । अंग्रेज़ी नयॉ वर्ष २०२० को अवसरमा शुभकामना आदान प्रदान समेत सम्पन्न भएको संस्थाका निवर्तमान अध्यक्ष महेन्द्रकुमार अधिकारीले बताउनु भयो ।
आँपचौर सेवा समिती जापानको छैटौं अधिबेशनवाट अध्यक्षमा कृष्ण प्रसाद पोखरेल (बावु), तिन उपाध्यक्षमा महाशर्मा खरेल, विष्णु खरेल र गणेश खरेल चयन हुनुभएको छ । त्यस्तै महासचिवमा सविन घिमिरे, सचिवमा पर्शुराम खरेल, कोषाध्यक्षमा गोपाल अर्याल र सहकोषाध्यक्षमा नेत्र अर्याल चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कृष्ण गौतम, सन्तोष अर्याल, प्रशान्त तिवारी, विक्रम अधिकारी, दधिराम अर्याल, कमल खरेल, निर्मल अर्याल र जमुना खरेल चयन हुनु भएको समितीले जनाएको छ । कार्यक्रममा जापानमा गुल्मी समाज जापानका अध्यक्ष सालिकराम भण्डारी, रुपाकोट समाजका उपाध्यक्ष शुधिर भण्डारी लयायत आँपचौर सेवा समिति जापानका संस्थापक सल्लाकारहरुको साथसाथै गुल्मी आँपचौर स्थाई घर भई व्यापार-व्यवसाय, अध्ययन लगायत बिभिन्न सिलसिलामा जापानमा रहनु भएका महानुभावहरुको समेत उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D