गुल्मी आँपचौर सेवा समिती जापानको अध्यक्षमा अधिकारी, ५ जना उपाध्यक्ष

टोकियो–गुल्मी जिल्लाको आँपचौरबाट जापानमा आई विभिन्न पेशा व्यावसाय अध्ययन गर्नेहरुको संस्था गुल्मी आँपचौर सेवा समितिको पाँचौ अधिवेशनले महेन्द्र अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

आँपचौर तथा समग्र गुल्मी जिल्लाको विकास र सम्वृद्धि तथा जापानमा रहेकाहरुका लागि अत्यावश्यक परेका बेला सेवा र सहयोग पुर्याउनका लागि गठन गरिएको सो समाजको उपाध्यक्षमा दधिराम खरेल, महाशर्मा खरेल, प्रकाश खरेल, भानु अर्याल र आत्माराम भट्टराई निर्वाचित भएको अध्यक्ष मण्डलका सदस्य गुणराज सापकोटाले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिको महासचिवमा कृष्णप्रसाद पोखरेल, सचिवमा विष्णुप्रसाद खराल, कोषाध्यक्षमा गोकुल अर्याल र सह कोषाध्यक्षमा सविन घिमिरे रहनु भएको छ ।
त्यसैगरि सदस्यहरुमा सरस्वती खरेल, घनश्याम खरेल, घनश्याम खराल र शिव रोका निर्वाचित हुनुभएको छ । त्यस्तैगरि विष्णु खरेल, सुशिल अर्याल, दिपक अर्याल र टोपलाल तिवारीलाई समेत मनोनित सदस्यका रुपमा राखिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
mahendra adhikari japan
हालै सम्पन्न पाँचौ अधिवेशनको उद्घाटन गर्दै गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारीले आपसी सद्भाव र भाइचाराका लागि समाजहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि घले समाज जापानका महासचिव अनुरोध घलेले परदेशमा रहेका नेपालीहरुद्धारा गठन गरिएका समाजले अप्ठ्यारोमा परेका धेरैलाई सहयोगीका रुपमा कार्य गरेकाले समाजको औचित्य पुष्टि भएको बताउनु भयो ।
समाजका उपाध्यक्ष महाशर्मा खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव बलदेव केसीले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D