gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीमो रेसुङ्गाक्षेत्रबाट बिष्फोटक पदार्थ र २ मोटर मोटरसाइकल नियन्त्रणमा

अनिल खत्री
२५ असोज, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले २ मोटर मोटरसाइकल सहित बिष्फोटक पदार्थ बरामत गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–३ रेसुङ्गा संरक्षित बनको गौशालामा २ वटा मोटरसाइकल र बिष्फोटक पदार्थ बरामत गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।

शनिवार राती बिष्फोटक पदार्थ लिई गएका मानिसहरुले उक्त क्षेत्रमा अबैध रुपमा बन्यजन्तु पशुपक्षी चोरी सिकारी गर्दै छन भन्ने जानकारी प्राप्त हुनासाथ यस कार्यालयबाट प्रहरी नायव निरिक्षक भेषबहादुर घर्तिको कमाण्ड खटिएको टोलीले लु ३६ प ४८५६ र लु १६ प १९१७ नं.को मोटरसाईकल र बिष्फोटक पदार्थ लिएको प्रहरीले जनाएको छ ।

घटना स्थलबाट मोटरसाइकल छोडेर मानिहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । नियन्त्रण लिइएका मोटरसाइकलबाट चेकजाँच गर्दा मोटरसाईकलको लेगार्डमा झुण्डाई राखेको अबस्थामा कालो र खरानी रङको २ वटा झोला भित्र बिष्फोट पदार्थ, बिभिन्न ईलेक्ट्रोनिक्स सामान र पंक्षी प्रजातिको भुत्ला समेत फेला परेको नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए ।

प्रहरीले रेसुङ्गा संरक्षित बनको गौशाला क्षेत्रबाट निलो रंगको २२० सिसिको पल्सर मोटरसाईकल कालो रातो होण्डा साईन मोटरसाईकल बरामत गरेको थियो । त्यस्तै खरानी रंगको पछाडी भिर्ने झोला, कम्मर ब्याग कालो झोला १ थान, एनसिएल लेखेको झोला १ थान, बारुद( १७५ ग्राम मसिनो धुलो १०० ग्राम मोटो, छर्रा( फलामको ११५ ग्राम, किटको ६० ग्राम, सिसाको १५० ग्राम, केप ( २१ थान केपमा प्रयोग हुने पटका २ रोल फेला परेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए ।

त्यस्तै एभरेडी ब्याट्री ३ थान, रेती १ थान, पेचकस २ थान, सियो २ थान , धागो ३ थान, केप प्रयोग बनाउने प्रयोग हुने औषधीको खाली खोल ६ थान फेला गरेको जनाएको छ । त्यस्तै आई ड्रपको बोतलमा बन्दुक सफा गर्ने तेल १ थान, तिर सलाई १ थान, कैची १ थान, छर्रा, केप, पटका समेत राखेको सानो ठुला गरी १० थान सानो डिब्बा, पलाष्टिकको करनाली रक्सीको बोतल १ थान, बन्दुक सफा गर्न प्रयोग हुने कपडा १ थान, पंक्षी प्रजातीको कालो किरेमिरे भुत्ला फेला पारेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए ।

प्रहरीले बरामत गरेका सामाग्रीहरुलाई आइतबार सार्बजनिक गरेको हो । बनमा बरामत गरिएका सामाग्री र मोटरसाइकल कस्को भन्ने बारे प्रहरी थप अनुसन्धान गरिरहेको (डिएसपी) पन्तले जानकारी दिए ।

हालसम्म मोटरसाइकल धनी र बरामत सामाग्री कस्कोभन्ने बारे पहिचाहन नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D