gulminews logo
शनिबार, २०८१ बैशाख २२

गुल्मीमा ८ महिनामा ५ हजार बढी सवारी कारबाही

गुल्मी, चैत १६ । गुल्मी जिल्लामा चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ५ हजार २ सय सवारीसाधनलाई कारबाही गरिएको छ । आठ महिनाको अवधिमा सवारीसाधन कारबाहीबाट ३७ लाख ११ हजार राजस्व पनि संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार साउनदेखि फागुन मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १ सय १८ बस, ३ सय ८१ ट्रक, २ हजार १ सय ५० जिप, कार, २७ सय ३३ मोटरसाइकल र ३ सय ३८ ट्याक्टर कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय जनाएको छ ।यस्तै, ३९ जनालाई मापसे कारबाही गर्दा ३९ हजार राजस्व रकमसमेत संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । यस अवधिमा जिल्लामा २९ वटा सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका थिए ।

मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी सामान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनीहरुलाई कारबाही गरिएको उहाँले बताउनुभयो ।जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आइरहेको छ । कार्यालयले यो अवधिमा विभिन्न विद्यालयका विद्यार्थी, व्यावसायिक, चालक, परिचालक, पैदलयात्रु तथा अन्य सर्वसाधारण गरी १ सय २२ पटकमा ३ हजार ७ सय ३९ जनालाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D