अनिल खत्री
२३ मंसिर, गुल्मी । गुल्मीमा ८ सय २० जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ८ सय ९० जना मध्ये ८ सय २० जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा हाल ५८ जना मात्रै कोरोना संक्रमित उपचारत रहेका छन् । संक्रमितहरु होम आइसोलेशनमा रहेका छन् । जिल्लामा हालसम्म ५ हजार ७०६ जनाको स्वाब संकलन गरिएको छ ।
जिल्लामा कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जिल्लामा हाल भने क्वारेन्टीनमा बस्नेहरुको संख्या शुन्य रहेको छ । जिल्लाभर ७९० वटा वेडको क्वारेन्टीन निर्माण गरिएको छ ।
कोरोना संक्रमितको उपचार गर्न १४५ वेडको आइसोलेशन तयार गरिएको छ ।