gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा ४४० जनाले जिते कोरोना, आज एकैदिन ११३ जना संक्रमित थपिए

गुल्मी, जेठ ०७ । गुल्मीमा अहिले सम्म ४४० जनाले कोरोनालाई जितेका छन् । गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार दिउँसो जारी गरेको बिवरण अनुसार पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछील्लो २४ घण्टामा पिसिआर परिक्षणबाट ८९ जना र एण्टिजेन परिक्षणबाट २४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

हाल जिल्लामा पिसिआर र एण्टिजेन गरी ३ हजार ६३ जनाको परिक्षण गरिएको छ । अहिले संक्रिय संक्रमितको संख्या १ हजार १ सय ३३ रहेको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

गुल्मीमा अहिले १ हजार १ सय २ जना होम आईसोलेशनमा रहेका छन् भने ४६ जनाको आईसोलेशनमा राखेर उपचार भईरहेको छ ।

संक्रमण जोखिमलाई मध्यनजर गरी जिल्लाका विभिन्न स्थानमा १७१ बेड क्षमताको आइसोलेशन बेड तयार गरि सञ्चालनमा रहेका छन् । यस जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप २२ हजार ५ सय ७८ जनाले लगाएका छन् । पहिलो र दोश्रो मात्राको खोप ४ हजार २६ जनाले लगाएको जनाईएको छ ।

नयाँ भेरिन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ १५ गतेसम्म लकडाउन थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह गरेको छ ।

लकडाउन अवधिमा जिल्ला बाहिर निर्माण तथा खाद्य सामाग्रीका सवारी साधन जेठ ७ गते, १० गते र १३ गते मात्र सञ्चालन गर्न पाउने निर्णय भएको छ। विवाह, व्रतवन्ध, धार्मिक सामाजिक कार्य, देवाली तथा कुलपुजाको कार्यक्रम नगर्ने, निर्माण सामाग्री ढुवानीका साधनहरु जिल्लाभित्र बेलुका ६ बजेदेखी बिहान ७ बजे सम्म मात्र चल्न पाउने निर्णय भएको छ। अत्यावश्यक दैनिक उपभोगका सामग्रीहरु पेट्रोलियम पदार्थ, दुध, पानी, ग्यांसका पसलहरु दिनमा १ पटक मात्र विहान ७ बजेदेखी ९ वजेसम्म मात्र सञ्चालन गर्न पाउनेछन्।

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D