gulminews logo
बुधबार, २०८१ बैशाख २६

गुल्मीमा सामान लिन हिँडेको गाडी दुर्घटना, घाईतेलाई पाल्पा पठाईयो

पुरन राजकोटी मगर
गुल्मी, भदौ १३ । कालिगण्डकी गाउँपालिका पुर्तिघाट बजारमा डबल क्याप जिप दुर्घटना भएको छ ।

शनिबार दिउँसो करिब १२ बजे तिर लु.२.च २७५६ नम्बरको जिप बाटोबाट करिब ३० मिटर तल खोलामा खसेको हो । उक्त जिपमा ५ यात्रु सवार थिए जस्मध्य दुई जना सकुशल छन् भने घाईते ३ जनालाई उपचारको लागि पाल्पा लगिएको सवारीधनी कालीगण्डकी गाउँपालिका वडा नं ३ साबिकको ९ का गिरि प्रसाद श्रीसले जानकारी दिए ।

गाडी चालक पुर्तिघाट पुलिस चौकी निगरानीमा राखिएको छ । जिप दुर्घटनाग्रस्त हुनुको मुख्य कारण ब्रेक फेल रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पुर्तिघाट प्रहरी चौकीका प्रमुख असई खिमानन्द खनालले जानकारी दिए । । जिप पुर्तिघाट बजारमा सामान लिनको लागि लम्सराङबाट झरेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D