gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा सवारी कारवाहीमा २० लाख वढि राजश्व संकलन

अनिल खत्री
गुल्मी, ९ पुस । जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २० लाख वढि राजस्व संकलन भएको छ । पछिल्लो ५ महिनामा ट्राफिक प्रहरीले सवारी नियम उल्लङगन गरि चलाउने बिभिन्न सवारी साधनहरुमा गरिएको कारवाहीमा धेरै राजस्व संकलन गर्न सफल भएको हो । आर्थिक वर्ष २०७७÷०७८ को ५ महिनासम्मको अबधीमा जिल्ला ट्राफिककार्यालय गुल्मीले गरेको सवारी कारवाहीमा २० लाख ५७ हजार राजस्व संकलन भएको हो । यो अबधीमा ३ हजार ५० वटा सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेयले बताए ।

जस अनुसार साउन महिनामा ४५० वटा सवारी कारवाहीमा २ लाख ७२ हजार ५ सय राजस्वर संकलन भएको छ । त्यस्तै भदौ महिनामा ४५० वटा सवारी कारवाहीमा २ लाख ७९ हजार ९ सय राजस्वर संकलन भएको छ । असोज महिनामा ६ सय सवारी कारवाहीमा ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै काक्तिक महिनामा ७५० वटा सवारी कारवाहीमा ५ लाख १२ हजार राजस्व संकल भएको छ ।

मंसिर महिनामा ८ सय सवारी कारवाहीमा सबैभन्दा धेरै ५ लाख ७० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । दुर्घटना न्यूनिकरण गर्न दैनिक जसो सडकमा सञ्चालन हुने साना, ठुला सवारी साधनका चालक, सहचालक र यात्रुहरुलाई दुर्घटना न्यूनिकरण सम्बन्धी प्रर्शिक्षण गरेको जिल्ला ट्राफिक कार्याल्य गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक पाण्डेयले बताए ।

यसले सवारी दुर्घटना न्यूनिकरण गर्न मद्दत गर्ने प्रहरीको उदेश्य रहेको छ । जिल्ला सदरमुकाम तम्घासमा हुने सवारी चापलाई मध्य नजरराखेर बिभिन्न रुटमा सवारी चलाउने नियम बनाएको ट्राफिक प्रहरीले जनाएको छ । सदरमुकाम तम्घास भएर आवत जावत गर्ने टिपरहरुलाई उदिनढुंगाबाट धागिथुम हुँदै बाख्रेछेडा भएर आवत जावत गर्ने रुट बनाएर भिडभाड कम गर्ने काम गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्का साथै मालवाहक सवारी साधनलाई लोड अनलोड गर्न लोड गर्न ुमय तोकिएको छ ।

बजारभित्र सामान अनलोड गर्न बेलुकी ४ बजेदेखि बिहान ९ बजेसम्म समय तोकिएको जिल्ला ट्राफिक कार्याल्य गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक पाण्डेयले बताउनु भयो । त्यस्तै लोड गर्न बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म समय तोकिएको छ । बजार भित्र सडक सानो रहेकाले पनि यसले बजार क्षेत्र भित्र हुने ट्राफिक जामलाई कम गर्ने काम गरेको पाण्डेयले बताए । ट्राफिक प्रहरीले जिल्लामा सवारी दुर्घटना न्यूनिकरण गर्नका बिद्यार्थीहरुलाई सचेतना कक्षा संचालन गर्नुका साथै सुरक्षित चालक बनाउनका लागि कक्षा संचालन, यातायात ब्यबसायीहरु, चालक तथा सहचालकहरुलाई निरन्तर सचेतना कक्षा गर्ने भएको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D