gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा सकृय संक्रमितको संख्या १ हजार नाघ्यो: ५२ जनाको मृत्‍यु, २०६ जनाले जिते कोरोना

गुल्मी, जेठ ०३ । गुल्मीमा अहिले सम्म २०६ जनाले कोरोनालाई जितेका छन् । गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार दिउँसो जारी गरेको बिवरण अनुसार पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछील्लो २४ घण्टामा पिसिआर परिक्षणबाट ४४ जना र एण्टिजेन परिक्षण बाट ६६ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल जिल्लामा पिसिआर र एण्टिजेन गरी २ हजार २ सय ८९ जनाको परिक्षण गरिएको छ । अहिले संक्रिय संक्रमितको संख्या १ हजार ३८ रहेको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

गुल्मीमा अहिले ९ सय ८९ जना होम आईसोलेशनमा रहेका छन् भने ४ जनाको आईसीयुमा उपचार भईरहेको छ । त्यस्तै ४४ जनाको आईसोलेशनमा राखेर उपचार गरिरहेको छ ।

संक्रमण जोखिमलाई मध्यनजर गरी जिल्लाका विभिन्न स्थानमा १७१ बेड क्षमताको आइसोलेशन बेड तयार गरि सञ्चालनमा रहेका छन् । यस जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप २२ हजार ५ सय ७८ जनाले लगाएका छन् । पहिलो र दोश्रो मात्राको खोप ४ हजार २६ जनाले लगाएको जनाईएको छ ।

नयाँ भेरिन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ १५ गतेसम्म लकडाउन थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D