gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीमा ‘लकडाउन’ उल्लघंन गर्ने १८ सवारी कारवाहीमा

हुमाकान्त पोखरेल
गुल्मी, चैत ११ । गुल्मीमा ‘लकडाउन’ उल्लघंन गर्ने १८ सवारी साधन कारवाहीमा परेका छन् । जसमध्ये १७ वटा मोटरसाईकल र एउटा स्कर्पियो रहेका छन् । तम्घासको देउरालीदेखि बजारका विभिन्न ठाउँहरुबाट लु १ च ७८५६ नम्बरको स्कर्पियोसहित मोटरसाइकल कारवाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।

प्रशासन कार्यालयको अनुमतिबिना ‘लकडाउन’ उल्लघंन गर्दै बजारमा सवारी चलाउनेलाई कारवाहि गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीस्वरुप पहिलो पटक न्यूनतम जरिवाना प्रहरीले लिएको छ । विश्वभरी फैलिएको कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले मंगलबारबाट लागु हुने गरी देशैभरी ‘लकडाउन’ को घोषणा गरेको थियो । गुल्मी जिल्ला प्रशासन कार्यालयले पनि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) ले दिएको अधिकारअनुसार प्रयोग गरी निषेधाज्ञा जारी गरेको थियो । जसअनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते जिल्लाका कोहि पनि नागरिकहरु घरबाहिर ननिस्कन अनुरोध गरेको थियो ।

त्यस्तै जिल्लामा कुनै पनि अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारी नचलाउने, संचारकर्मीलाई सूचना विभागले जारी गरेको प्रेस पासको आधारमा आवागमन गर्न दिने, दैनिक उपभोग्य पसलहरुमा अनिवार्य रुपमा साबुन–पानीको व्यवस्था गर्ने लगायतका निर्णयहरु गरेको थियो । यदि कसैले उक्त निर्णयहरुको उल्लघंन गरेमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D