gulminews logo
मंगलवार, २०८१ बैशाख २५

गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

१८ फागुन, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-३ सालघारी निवासी २६ वर्षकी सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतक थापाले सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिला एक्लै माछा मार्न खोला गएकी थिइन् । घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सहितको टोली घटना स्थलतर्फ लागेको प्रहरीले जनाएको छ । -अन्लाईनखबर डट कम

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D