gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीमा महङ्गो भाडा लिने ७ सवारीसाधन प्रहरीको नियन्त्रणमा

सन्तोष महतारा
गुल्मी, असोज १४ । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले महङ्गो भाडा असुल्ने सवारीसाधनलाई नियन्त्रणमा लिएका छन् ।
जिल्लाको तम्घास -सेउघा-छल्दी,तम्घास -सेउघा – धुर्काेट र तम्घास -नेटा – अर्घाखाँची सडकखणडमा चल्ने सवारीसाधनले यात्रु तथा भाडा महङ्गो लिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयसहितकाे सक्रियतामा जिल्ला प्रहरी कार्यालय गुल्मीले सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार राज पन्तले जानकारी दिए ।

आज मात्रै प्रहरीको नियन्त्रणमा ७ वटा गाडी परेका छन् । जसमा २ वटा बस र ५ वटा जीप रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुनै सवारीसाधनले दाेब्बर भाडा लिएर दाेब्बर नै यात्रु राखेका थिए । कोरोनाबाट बच्नको लागि कुनै पनि सुरक्षाका मापदण्ड नअपनाइकन यात्रा गराइरहेकोले पनि सवारीसाधन नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा पर्ने सवारीसाधन कुनै निजी रहेका छन् । भने कुनै सार्वजनिक रहेका छन् ।

नियमविपरीत चल्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले मात्रै १ हजार ५ सय जरिवाना तिराउन पाउँछन् । जरिवानाले मात्रै समस्याको समाधान नभएको भन्दै जिल्ला प्रहरी कार्यालयसहितको सहयोगमा गाडी नै नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिइएका सवारीसाधनलाई भोलिसम्म नियन्त्रणमा नै राख्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसअघि यात्रुहरूले तेब्बर भाडा तिरेको गुनासो गरेका थिए । गुनासोपश्चात् जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले थप सक्रियता देखाएको हो ।

यसरी सवारी भाडा दाेब्बर नै अथवा जिल्ला प्रशासन कार्यालयले तोकेको भन्दा बढी लिए यातायात व्यवस्था कार्यालय बुटवलमार्फत कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार राज पन्तको भनाइ छ । सवारीसाधन नै नियन्त्रणमा लिएर २ दिनसम्म राखी कार्वाही गर्दा भाडादर घट्ने विश्वासमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय छन् । तेब्बर भाडा तिर्न पर्ने यात्रुको गुनासोपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जिल्ला प्रहरी कार्यालयसहितको सहयोगमा अनुगमनलाई निरन्तरता दिएको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D