गुल्मीमा भ्यान दुर्घटना हुँदा २ जना घाईते

राधा पोख्रेल
गुल्मी, असार १८ । गुल्मीको गुल्मीदरबार गाउँपालीका वार्ड नम्बर ३ राजामा भ्यान दुर्घटना भएको छ । पाल्पाबाट गुल्मी सदरमुकाम तम्घास जाँदै गरेको लु.१.ज ३०१९ नम्बरको भ्यान गुल्मी दरबार गाउँपालीका वार्ड नम्बर ३ राजामा दुर्घटना भएको हो । दुर्घटनामा २ जना घाईते भएका छन ।

घाइते हुनेमा रेसुङगा नगरपालीका वाड नम्बर १ का वर्ष ४३ कि सिता भुषाल र रेसुङगा नगरपालीका वाड नम्बर ७ का चेतनारायण श्रेष्ठ रहेका छन् ।

घाइतेलाई उपचारको लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको छ ।

भ्यानमा चालक सहित ८ जना सवार रहेको अस्थायी ट्राफिक पोष्ट श्रृङगाले जानकारी दिएको छ । सवार अन्यको अवस्था सामान्य रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D