gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीमा भैलो टोली लिएर हिँडेको ट्याक्टर दुर्घटना: १५ घाइते, ४ को अबस्था गम्भिर

अनिल खत्री
११ कात्तिक, गुल्मी । गएराती गुल्मीमा दुर्घटनामा १५ जना घाइते भएका छन् भने ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ मदनभण्डारी राजमार्गमा बुल्मबाट चौरासी तर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले बताए ।

यो पनि पढ्नुस्: गुल्मीमा नगद सहित १७ जुवाडे पक्राउ

देउसी भैलो खेल्न हिँडेका समुह ट्याक्टरमा सवार गरिरहेको बेला दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते मध्ये गम्भीर घाइते इस्मा गाउँपालिका वडानम्बर ६ बुल्म घर भएकाहरु ४० वर्षिय भुपेन्द्र कुमाल, २३ वर्षिय पदम कुँवर, १२ वर्षिय शेरे कुमाल, २९ वर्षिय प्रेम कुमालको पाल्पामा उपचार भइरहेको प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

दुर्घटनामा परेर घाइते मध्ये ११ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनिहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर सडकमै पल्टीएको छ ।दुर्घटनामा परेर ट्याक्टर चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D