गुल्मीमा भिरबाट लडेर फेरी एक जनाको मृत्यु, ३ दिनमा २ जनाले लडेर ज्यान गुमाए

अनिल खत्री
गुल्मी, १९ असार । गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ वडागाउँमा निवासी ५० वर्षिय रामबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

बिक बिहिवार दिउँसो नजिकै रहेको तिलारी सामुदायिक जंगलमा दाउरा काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घासमा ल्याइएको छ ।

यसअघि असार १७ गते जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ ठाढुङ्गा निवासी ३५ ऐते सुनारको भिरबाट लडेर मृत्यु भएको थियो

मृतक सुनारको सव सोहि वडाकै सिदुरे सामुदायिक वनमा फेला परेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D