गुल्मीमा भएको जातिय विभेदको घटना प्रति दलित अधिकारकर्मीहरुद्धारा आपत्ती

मनु सुनार
गुल्मी, जेठ ०३ । गुल्मीको कालिगण्डकी गाउँपालिका फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै जरिवाना गराइएकोप्रति जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ति व्यक्त गरेका छन् ।

फोक्सिङका स्थानीय श्याम परियार सोही स्थानका नेत्र बहादुर काउछाको घरमा गत बैशाख २२ गते पसेको र घर चोख्याउनुपर्ने बताउँदै १५ सय जरिवाना गराइएकोे थियो । त्यस घटनालाई लिएर शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका दलित अधिकारकर्मी, दलित संघ संगठन, मानव अधिकारकर्मी लगायतले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएका हुन् ।

अहिलेको युगमा यस्ता प्रकारका घटनाहरु घट्नु मानव अधिकारको गम्भिर उल्लसंन भएको ठहर गर्दै त्यस घटनाको कडा शब्दमा घोर निन्दा र भत्सना समेत गरेका छन् । पीडित श्यामकी आमा कौशिला परियार कालिगण्डकी गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन् ।

अधिकार सम्पन्न स्थानीय तहको कार्यपालिका सदस्य समेत रहेको परिवारको सदस्यमाथि भएको त्यस घटनाले नेपालको संविधान, जातिय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ छुवाछुत मुक्त राष्ट्र घोषणा लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून तथा प्रतिवद्धताहरुको मर्म र भावनाको धज्जी उडाएको समेत प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्मा, उपाध्यक्ष रोम विश्वकर्मा, नेपाल दलित मुक्ति संगठन इन्चार्ज, नेकपा गुल्मीका कृष्ण सुनार, नेपाली कांग्रेस दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, नेपाल दलित मुक्ति संगठनका संयोजक धर्म विश्वकर्मा, नेपाल दलित संघका अध्यक्ष लुम बहादुर सुनार, दलित महिला संघकी कमला वराल, दलित साझा मञ्चका छविलाल विश्वकर्मा, नेपाल दलित मुक्ति संगठन कृष्ण नेपाली, धनेन्द्र विश्वकर्मा, कृष्ण विश्वकर्मा, सीता विश्वकर्माद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत कडा कारवाहीको माग गर्दै अन्यथा कडा आन्दोलनमा उत्रने र आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने भन्दै चेतावनी दिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ