गुल्मी, २० फागुन । गुल्मीमा एकजना पुरुषको बेवारिसे शव फेला परेको छ । रेसुङ्गा नगरपालिका वडानम्बर ३ बेहोरेस्थित जंगलमा पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए ।
अनुहार नचिनिने अबस्था रहेको शवको अन्दाजी पैतिस/चालिस वर्षको पुरुषको भएको उनले बताए । शव पहिचाहनका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।
साथै, मातहतका प्रहरी यूनिटहरुलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपकुमार बस्नेतले जानकारी दिएको अन्लाईन खबर डट कमले खबर छपेको छ ।