gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा बाख्रा तथा दुग्ध उत्पादन क्षेत्रका सरोकारवालासँग कार्यक्रम सम्पन्न

अनिल खत्री
५ चैत, गुल्मी । गुल्मीमा बाख्रा तथा दुग्ध उत्पादनका क्षेत्रमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । नेपाल लाईभस्टक सेक्टर इनोभेसन अयोजना बिकेन्द्रीत आयोजना सहयोग इकाइ बुटवलको आयोजनामा जिल्ला स्तरीय सरोकारवाला बिचार बिमर्श कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।

बाख्रा पालन तथा दुग्ध उत्पादनको क्षेत्रमा काम गर्दै आएको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना बुटवलको गर्दै आएको छ । स्वच्छ मासु उत्पादन तथा दुग्द उत्पादनको क्षेत्रबारे जानकारी लिने र दिने उद्वेश्यले अन्तरक्रियाको आयोजना गरिएको नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बुटवलका योजना अनुगमन, सूचना अधिकृत लोकराज भुसालले बताए ।

२०७४ फागुनदेखि आयोजना कार्यान्वयनमा आएको थियो । परियोजना २०८० मा समाप्त हुने भएकाले सक्दो सेवा सुविधा लिन सरोकारवालाई आग्रह गरिएको छ । विश्व बैंक, नेपाल सरकार, लाभदायी वित्तीय संस्थाहरुको संयुक्त लगानीमा पशु पालन अन्तरगत बाख्रा पालन र दुग्ध उत्पादनको क्षेत्रमा परियोजनाले काम गरेको सूचना अधिकृत लोकराज भुसालले बताए ।

जिल्लाका स्थानिय तहमा दुध उत्पादनका लागी व्यवसायिक गाई, भैसी पालन पकेट क्षेत्र छनौट गरेको छ । यस्तै मासु उत्पादनका लागी ब्यवसायिक बाख्रा पालन पकेट क्षत्र छनौट गरिएको छ ।

यसैगरी दुग्ध सहकारीहरुको क्षमता बिकाशका लागी क्षेत्र छनौट, बाख्रा पालनका लागी ब्यवसायिक र संस्थागत बिकाशका लागी मल्टीप्लाएर हर्डको क्षेत्र छनौट लगायतक निणर्य गरिएको छ । कार्यक्रममा बोल्दै नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना सहयोग इकाई बुटवलका सूचना अधिकारी तथा पशु चिकित्सक लोकराज भुसालले लुम्बिनी प्रदेशका गुल्मी, रुपन्देही, परासी, पाल्पा, बर्दिया, अर्घाखांची र कपिलवस्तु जिल्लामा परियोजना लागू भएको बताए ।

पशु बस्तुहरुको उत्पादकत्ववृद्धि, पशुजन्य उत्पादनहरुको मुल्य अभिवृद्धि तथा साना पशुपालक कृषक तथा पशुबस्तु विशेष मुल्य श्रृङखलामा आधारित उद्यमहरुको जलयबायु अनुकुल क्षमता सुधार गर्न आग्रह समेत गर्नुभयो । नेपालका कुल २८ वटा जिल्लाका २ सय ९० वटा स्थानीय तहमा परियोजना सञ्चालन हुने गरी ४ वटा आयोजना व्यवस्थापन इकाई स्थापना गरिएका छन् ।

जसअनुसार बुटवलमा रहेको कार्यालय एउटा विकेन्द्रीकृत सहयोग इकाई हो । यो आयोजनामा नेपाल भरका कुल २८ वटा जिल्लामा ६ बर्षमा कुल १ सय १५ मिलियन अमेरिकी डलर खर्चहुने अनुमान गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D