gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा पहिरोमा पुरिएर १ जनाको मृत्यु

अनिल खत्री
२६ असार, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदार पन्तले जानकारी दिए ।

शुक्रवार बिहान घर नजिकै खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथीबाट खसेको पहिरोमा पुरिएर घटना स्थमै मृत्यु भएको थियो । श्रीमान श्रीमतीसँगै खेतमा गएको बेला श्रीमानलाई पहिरोले पुरेपछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन् ।

शवलाई स्थानीय र प्रहरी मिलेर पहिरोबाट निकालेका थिए । मृतक श्रीसको शवलाई पोष्ट मार्टमको लागि स्थानिय स्वास्थ्य चौकीमा लगिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D