gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा पनि देखियो सलह कीरा, थाल ठटाउदै खेतवारिमा किसान

अनिल खत्री
१८ असार, गुल्मी । गुल्मीमा पनि सलह कीरा देखिएको छ । जिल्लाका बिभिन्न स्थान हुदै अनेत्र जानेक्रममा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

सलह कीरा देखिएपछिे किसानलाई धपाउन शास्ती भएको छ । दैनिक जसो सलह कीरा आउने गरेपछि किसानहरु धपाउन आगो बाल्ने थाल ठटाउने गर्न बाध्य भएका छन् ।

यतिबेल किसानहरु मानो रापेर मुरी फलाउने समयमा खेतवारीमा व्यस्त रहने किसानहरु पनि सलह किरा धपाउन तिर समय खर्चिने गरेका छन् । भारतबाट प्रबेश गरेको सलह खेती बालीहरुमा समेत प्रबेश गरेर केही हानी नोक्सानी गर्न थालेको छ ।

जिल्लाका कतिपय स्थानमा मबै बालिमा सहल किराले खान थालेको हो । तर कहाँ कति क्षेती गरेयो भन्ने बारे बिवरण संकलन भएको छैन् । सलह कीराको बथानै नभई केही झुण्ड तितर बितर भएर आएकाले माहामारीको रुप लिन नसक्ने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।

सलह कीरा बालीहरुमा बस्न नदिनका लागि ड्रम, थालहरु ठटाउने र आगाको धुवाबाल्ने जस्ता कार्यहरु गर्न सकिने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा यतिबेला कृषकहरु धान रोप्न तथा मकै वाली भित्राउने तयारीमा रहेका किसानहरु सलह वालीनाली नष्ट गरिदिन्छकी भन्ने बारे चिन्तित छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D