gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा नयाँ बर्षकै दिन टेम्पो दुर्घटना: एकको मृत्यु, चारको अवस्था गम्भिर

हुमाकान्त पोखरेल
तम्घास, ०१ वैशाख । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ बर्षिया तारा राहडीको ज्यान गएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिनुभयो । घटनामा परी एक बच्चासहित चारजना गम्भिर घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भिर भएकोले पहिचान खुलिसकेको छैन । सत्यवती बजैको मन्दिरको दर्शन गगरेर ठुलोलुम्पेक फर्कदैँ गर्दा करिब १ ः ४५ बजे क्वाङखोलामा टेम्पो दुर्घटनामा परेको हो । अहिले जिल्ला प्रहरी कार्यालय, गुल्मीको समुह घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । टेम्पो चालक भने फरार छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

उता बुधवारै जिल्ला प्रशासन कार्यलय गुल्मीका कर्मचारी चढेको जिप प्युठानमा दुर्घटनामा पर्दा ५ जनाको मृत्‍यु भएको छ भने ११ जना घाईते भएका छन् । हेर्नुस् थप समाचार

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D