अनिल खत्री
१८ असार, गुल्मी । गुल्मीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको धुर्कोट गाउँपालिकामा ४ जना, छत्रकोट गाउँपालिकामा ३ र १ जना ठेगाना नखुलेको गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
संक्रमित सबै भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरु रहेका छन् । क्वारेन्टीनमा बसेकाहरुमा कोरोना भाइरस चेक जाँच गर्न आरडीटी पोजिटिभ आए मात्रै पिसिआर गर्ने गरिएको छ ।
थपिएका संक्रमित अनुसार जिल्लामा ३३२ जना पुगेका छन् । संक्रमित कुल ८७ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ६ सय १० जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३९० जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।