gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी

सुरेश थापा
गुल्मी, भदौ २१ । गुल्मीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिनेमा सत्यवती गाउँपालीकाका वर्ष २४, ४५, ४६,५०, ६८ र ७६ का पुरुषहरु रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपती आचार्यले जानकारी दिनुभयो । उनिहरु मध्ये ३ जना होम क्वारेन्टाइनमा र ३ जना समुदायस्तरका रहेका छन् ।

सत्यवती गाउँपालीकाको वडा नम्बर २, ५ र ६ मा कोरोना संक्रमण देखिएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि गाउँपालीकालाई सिल गर्ने तयारी भइरहेको गाउँपालीका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले जानकारी दिनुभयो । छिमेकी चन्द्रकोट गाउँपालीकामा समुदाय स्तरमा नै कोरोना पुष्टि भएपछि भदौ १७ गतेदेखि २४ गतेसम्म सत्यवती गाउँपालीकामा लकडाउन गरिएको छ । सत्यवती गाउँपालीका कार्यपालीकाको बैठकले संक्रमण नफैलियोस भनेर लकडाउन गर्ने निर्णय गरेको हो ।

यस्तै गुल्मीको गुल्मी दरबार गाउँपालीकामा मेडिकल संचालकलाई संक्रमण देखिएपछि गुल्मीदरवार गाउँपालिकाको वडा नं ४ बिरवासलाई सिल गरिएको छ । समुदायमा संक्रमण देखिएपछि अर्को सूचना नभए सम्मका लागि बिरवास सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । उनीहरुको सम्पर्कमा आएकाहरुको बिबरण संकलन गर्ने कार्य भइरहेको पाण्डेले बताउनुभयो ।

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D