gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा डोजरले पल्टाएको ढुगांले लागेर ८८ बर्षिय बृद्धको मृत्यु

अनिल खत्री
गुल्मी, माघ १९ । गुल्मीमा डोजरले पल्टाएको ढुगांले लागेर घाइते एक जना बृद्धको ज्यान गएको छ । बाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुगाांले लागेर मालिका गाउँपालिका ४ घर भएका ८८ वर्षिय भुवनेश्वर अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

मृतक अर्याललाई मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङ्गको खलडाँडाबाट सल्लीवुढी भन्ने स्थान सम्म मोटरबाटो खन्ने क्रममा लु१क २३६४ नम्बरको डोजरले पल्टाएको ढुगांले लागेर घाइते भएका थिए । अर्याललाई माघ ५ गते आफनै घर नजिकै पल्टेको ढुगांले लागेर घाइते भएपछी थप उपचारको लागी वुटवल सम्म लगिएको थियो ।

उपचारबाट घर ल्याएका अर्यालल शुक्रवार तम्घास स्थित आफन्तको घरमा रहेको बेला मृत्यु भएको प्रहरीले जनाएको छ । बृद्धको मृत्यु भएसँगै चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप कारवाही अगाडी वढाईने प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D