अनिल खत्री
११ चैत,गुल्मी गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चालक जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ निवासी ६२ वर्षिय शेरबहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलवार बेलुकी जिल्लाको छल्दीबाट तम्घास तर्फ आउदै गरेको लु २ त ८०७२ नम्बर ट्याक्टर जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को मसिना पोखरी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक बुढाथोकीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।