गुल्मीमा ट्याक्टरको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

गुल्मी, ९ पुस । गुल्मीमा ट्याक्टरको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका–२, बाझकटेरीमा तु३त ५३०९ नम्बरको ट्याक्टरको ठक्करबाट ८ वर्षीया एलिसा केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आइतवार साँझ स्कुलबाट घरमा फर्कने क्रममा ट्याक्टरको ठक्करबाट बालिका घाइते भएकी थिइन् । उपचारका लागि तम्घास अस्पतालमा लगिएकोमा गएराति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतले जानकारी दिए ।

स्थानिय बाझकटेरी माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत केसी गौमुखी गाउँपालिका–५, प्यूठानकी हुन् । उनी मामाघरमा बसेर अध्ययन गर्दै आइरहेकी थिइन् ।

प्रहरीले ठक्कर दिने ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D