गुल्मीमा जीप दुर्घटना २ जनाको मृत्यु, दुई घाइते

कौरव खत्री
गुल्मी २० माघ । गुल्मीको मुसिकोट नगरपालिका ८ वामी मैदानमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

८३५७ ग १ च नम्वरको ठाकुर सापकोटाको गाडी मैदान चौपारीबाट करिव १ सय ५० मिटर तल खसेको छ ।

यो पनि पढ्नुस्:

फोटो फिचर: गुल्मीमा जिप दुर्घटनास्थलमा जे देखियो, हेर्नुस् ६ तस्बिरहरुमा

गुल्मी जिप दुर्घटना अप्डेट: जुन गाडीमा भविश्य देखियो, त्यसैले ७० दिनमै लियो ज्यान

दुर्घटनाग्रस्त जिप।

दुर्घटनामा परी गाडी मालिक मुसिकोट नगरपालिका ८ निवासी अन्दाजी ३० बर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका ८ निवासी नै ५५ बर्षीय पुतली सिङ्ग ठकुरीको मृत्यु भएको छ । दुवै जनाको टाउकोमा चोट लागेको छ ।

दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका ८ निवासी ५५ बर्षीय हरिकला कार्की र बाग्लुङ्ग दगातुम्डाँडा घर भइ वामी मैदान दिदी भेट्न आएका १४ बर्षीय कमल कार्की घाइते भएका छन् ।

घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई वामी मैदान स्थित शहरी स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि थप उपचारको लागि वामीटक्सार पठाइएको छ ।

गाडी दुर्घटना विहान करिव १० बजेको समयमा भएको प्रहरी चौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । गाडी वामी मैदानबाट वामीटक्सार जाने क्रममा मैदान स्थित चौपारी निरबाट तल खसेको हो । गाडी चालकले नभइ गाडी मालिकले चलाएका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D