गुल्मी, मंसिर ११ । गुल्मीमा जिप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेकको बुटिस गैरामा रिडिबाट ठुलोलुम्पेक तर्फ जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा सत्यवती गाउँपालिका वडा नम्बर ३ सिङदीकी ६८ वर्षीय ललितादेवि सिंजालीको घटनास्थलमै मृत्यु भएको र २३ वर्षका साजन राहादी, २२ वर्षका देव बहादुर विक, ७ बर्षका विरेन्द्र सिंजाली, पाल्पा घर बताउने २३ वर्षका अनिल विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ठुलोलुम्पेक तर्फ जाँदै जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेले जानकारी दिए । दुर्घटनामा परेका घाइतेहरुको उपचारका लागि पाल्पा पठाईएको प्रहरी नायब उपरीक्षक घलेले बताए । जिप चालक कपिल बिक सम्पर्कमा नआएको हुँदा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जिप सडकदेखि करिब ५ सय मिटर तल खसेको छ । दुर्घटना के कारणले भएको भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको रातोपाटी डट कमले खबर छापेको छ ।
