गुल्मीमा जिप दुर्घटनामा ५ जना गम्भीर घाइते

अप्डेट: गुल्मी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने गम्भिर घाईते ४ जनालाई उपचारको लागि पाल्पा पठाईएको छ । घटना सम्बन्धी अप्डेट हेर्न यहाँ क्लिक गर्नुस् ।

अनिल खत्री
२४ साउन, गुल्मी । गुल्मीमा शुक्रवार साँझ जिप दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा नम्बर ३ गौंडाकोटमा लु २ च ५४७५ नम्बरको जिप दुरघटना हुँदा ५ जना घइते भएको जिल्ला प्रहरी कार्यालय शसस्त्र प्रहरी वल गुल्म गुल्मीका नायव उपरिक्षक बिनोदराज खनालले बताउनु भयो ।

यो पनि पढ्नुस्: गुल्मी दुर्घटना अप्डेट: १ जनाको मृत्यु, ४ जना घाइते

गम्भीर घाइतेहरुको स्थानिय मेडिकलमा समान्य उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताउनु भयो । जिप रिडीबाट तम्घासबाट तर्फ आउदै गरेको थियो ।

घटनास्थलमा स्थानिय नेपाल प्रहरी, शसस्त्र प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको पहिचाहन खुल्न सकेको छैन । दुर्घटनामा परेको जिप सडकबाट करिव २ सय मिटर तल खसेको छ । शुक्रवार बिहान सत्यवति ६ मा जिपले ठक्कर दिँदा ३ वर्षिय बालिका घाइते भएकी थिइन् उनको पनि पाल्पामा उपचार भइरहेको छ ।

रिडिबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिप सडकबाट ५ सय मिटर तल खसेको छ । घाइतेको पहिचान हुन सकेकाे छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D