Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा जिप दुर्घटना, दुई दाजु भाईको मृत्यु - Gulminews

गुल्मीमा जिप दुर्घटना, दुई दाजु भाईको मृत्यु

प्रेम सुनार
बुटवल, असोज २९ । गुल्मीको विशुखर्कमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बाग्लुङ्गको हटियाबाट शान्तिपुर तर्फ आउँदै गरेको लु १ ज २१८९ नम्वरको जिप विशुखर्कमा दुर्घटना हुँदा जिप धनी चन्द्रकोट गाउँपालिका–२ का ३५ बर्षिय लालबहादुर गुरुङ्ग र ५२ बर्षिय चालक भरत गुरुङ्गको ज्यान गएको हो ।

‘जिप गएराती सात आठ बजे नै दुर्घटना भएको हुनु पर्छ तर आज विहान मात्र स्थानियले देखेर खबर गरे,– चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले भने–‘उनिहरु दाजु भाई हुन, दशैको बेला यस दुखत घटनाले हामीलाई स्तब्ध पारेको छ । ’

उनका अनुसार जिप दुई सय मिटर तल क्षति ग्रस्त अबस्थामा पल्टीएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता प्रहरी नायव उपरिक्षक रोशन खड्काले घटनाको पुष्टि गर्दै दुई जना भन्दा बढि जिपमा सवार नरहेको बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D