गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना

गुल्मी, माघ १ । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।

ग १ ज ५०८६ नम्बरको जिप खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको स्थानीय लक्ष्मीपति न्यौपानेले जानकारी दिए ।

करिब १५ जना सवार रहेको जिपमा बेउलाका बुवाहरु प्रकाश पान्डे, शोभाखर, शिवलाल, चालक राजन पाण्डे र नाम नखुलेका सहचालकलाई शरीरका बिभिन्न भागहरुमा चोट लागेको छ । उनीहरुलाई स्याङजाको मिर्मी तर्फ उपचारका लागि लगिएको छ । घटना स्थल तर्फ पुर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको बताईएको छ भने घटनाको बारेमा बिस्तृत बिबरण आउन बाँकी छ । -थाहा खबर

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D