गुल्मीमा छुट्टाछुट्टै स्थान २ जनाको मृत्यु

अनिल खत्री
गुल्मी, १३ चैत । गुल्मीमा छुट्टाछुट्टै स्थान २ जनाको मृत्यु भएको छ । गएराति परेको चट्याङ्ग लागेर र दाउरा काट्ने क्रममा छुट्टाछुट्टै स्थान २ जनाको मृत्यु भएको हो ।

चट्याङ्ग लागेर जिल्लाको मदाने गाउँपालिका ३ अगलुङ्ग निवासी २६ वर्षिय मैते कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । घरमै बसीरहेका कामीलाई नजिकै बाँसको रुखमा परेको चट्याङ्गले लागेर घाइते भएको थिए ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दाउरा काट्ने क्रममा जिल्लाको मदाने गाउँपालिका ४ आरुपानी ,निवासी १४ वर्षिय रेशम घर्तिको मृत्यु भएको प्रहरी निरिक्षक खड्काले बताए ।

बुधवार दिउसो दाउरा काट्ने क्रममा रुखले च्यापेर घर्तिको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको सवलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D