गुल्मीमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

गुल्मी, २२ माघ । गुल्मीमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नं. ११ सिमिचौर ठुला पोखरा बस्ने बर्ष ६४ कि मनिकला बुचा मगरको मृत्‍यु भएको हो ।

मगर मंगलबार बेलुका साढे ५ आफ्नै घर नजिकै घाँस काट्ने क्रममा कुटमेराको रुखबाट लडेर घाईते भएकी थिईन् । घाईते मगरलाई उपचारको लागी जिल्ला अस्पताल तम्घास ल्याईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक राज कुमार रावलको नेतृत्वमा खटिएको टोलिले आवश्यक अनुसन्धान गरिरहेको समेत बताईएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D