गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

अनिल खत्री
गुल्मी, १० असार । गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नं २ अर्बेनीमा ३४ बर्षिया सरस्वती न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताउनुभयो । न्यौपानेकोे आफ्नै खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो करिब ५ बजेतिर आफनै खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक खडकाले जानकारी दिनुभयो । शबको रुरु स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D