गुल्मीमा गाडीबाट खसेको समान टिप्ने क्रममा एक जनाको मृत्यु

अनिल खत्री
६ कात्तिक, गुल्मी । गएराती गुल्मीमा गाडीबाट खसेको समान टिप्ने क्रममा गाडीको ठक्करबाट जनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–३ निवासी ४८ वर्षिय झमबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

मुल्क भन्ने स्थानबाट जयखानी तर्फ सामान लगेर जाँदै गरेको लु १ च ४५८६ नम्बरको बलेरो गाडीबाट खसेको समान टिप्ने क्रममा रोकीराखेको गाडी एक्कसाी ब्रेक फेल भएर ठक्कर दिँदा जीपमा सवार बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट घाइते भएका बिकको उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक पुनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D