हुमाकान्त पोखरेल
तम्घास, १३ वैशाख । गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सोमबार साँझ करिब ६ बजे जिल्लाको इस्मा गाउँपालिका – २ ताल्तुङमा बिजुलीको तार तान्ने क्रममा इस्मा गाउँपालिका –५ रजस्थलका अन्दाजी १७ बर्षिया प्रकाश मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
बिजुलीको तार तान्ने क्रममा करेन्ट लागेर पोलबाट खसेपछि उहाँलाई तम्घास अस्पताल ल्याइएको थियो । बेहोस अवस्थामा अस्पताल ल्याएपनि अस्पतालले मृत घोषणा गरेको पाण्डेले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।