गुल्मीमा एक महिना देखी बेपत्ता पराजुली मृत फेला, अर्का एक युवा भिरबाट लडेर घाईते

अनिल खत्री
१९ मंसिर, गुल्मी । गुल्मीमा एक महिना देखी बेपत्ता एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ आरुपाटामा ४१ वर्षिय नारायण पराजुलीको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

कात्तिक २० गते घरबाट सम्पर्क बिहिन भएका पराजुलीको शब स्थानयिले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मालिका गाउँपालिकाको आरुपाटा जंगलमा मृत अस्थामा भेटिएका पराजुलीको भिरबाट लडेर मरेको हुनसक्ने प्रहरी नायव उपरिक्षक घलेले बताए । शबलाई पोष्ट मार्टको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गुल्मीमै भिरबाट लडेर एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–७ दौडाहा भन्ने स्थानमा २१ वर्षिय नविन जिसी भिरबाट लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्युठान जिल्ला झिमरुक गाउँपालिका चौतारा निवासी जिसीको स्थानिय स्वास्थ्य चौकमा उपचर सम्भव नभएपछि बुटल पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D