अनिल खत्री
२ असार, गुल्मी । गुल्मीमा पानी टंकीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नम्बर ७ ठुलिचौर निवासी ३५ वर्षिय मीना थापा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।
सोमबार बिहान घरमै रहेको पलाष्टिको टंकीबाट टंकीमा डुबेर मृत्यु भएको प्रहरी जनाएको छ । मृतक थापा घरमा साश ससुरासँग बस्दै आएकी थिइन् । उनका २ छोरा छोरी रहेका छन् ।
श्रीमान रोजगारिको शिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ । थापाको शबलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याईएको छ ।
घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।