गुल्मी, १३ भदौ । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–२ सैरेका १८ वर्षीय विक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
राउतको गाई चराउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो । आइतबार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैंले ओढेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोली खटिएको छ भने यस सम्बन्धी थप बिवरण आउन बाँकी छ ।