अनिल खत्री
५ पुस, गुल्मी । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा लागेको आगोलागिमा परेर ४५ वर्षिय नरबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

गएराती स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा आगो लागेको थियो । मृत नेपाली सोहि ठाउँ निवासी हुन् । उनि राती तेहि गोठमा सुतेको कारण आगोलागिमा परेकोहुनसक्ने प्रहरीले प्रभारम्भीक अनुमान गरेको छ । घटना बारे थप अनुसन्धानको लागि प्रहरी निरिक्षक चुरामणी पुनको टोलि लागेको प्रहरीले जनाएको छ । आगोलागिबाट गोठमा रहेका भैंसी र गोरु जलेको अबस्थामा रहेका छन् ।