gulminews logo
मंगलवार, २०८१ बैशाख २५

गुल्मीमा आगलागीबाट फेन्सी र चिया पसल जल्दा करिब ३२ लाख रुपैँयाको क्षती

हुमाकान्त पाेखरेल
गुल्मी, १२ माघ । गुल्मीको धुर्काेट गाउँपालिका -४ बर्बाेटमा आगलागी भएको छ । गएराति एक बजेकाे समयमा बिन्दु बस्नेतकाे फेन्सी पसल र गाेमा भण्डारीकाे चिया-नास्ता बनाउने पसलमा आगलागी भएको हाे ।

आगालागीबाट कुनै मानविय क्षति नभएपनि पसलभित्र रहेका सम्पूर्ण फेन्सि एवम् चिया-नास्ता बनाउने सामग्री जलेर पूर्णरूपमा नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । आगलागीबाट कुल ३२ लाखकाे क्षति भएको धुर्काेट प्रहरी चाैकी, वस्तुका प्रमुख लाेकमान ताम्राकारले बताए ।

वस्तु प्रहरी चाैकी एवम् स्थानीयकाे सहयाेगमा करिब एक घण्टापछि आगाे नियन्त्रणमा आएकाे थियाे । आगाे कसले र किन एवम् कसरी लाग्याे भन्ने अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको सुचना अधिकारी खरेलले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D